SHARE
बुटवल टुडे · शनिबार १४ चैत २०८२ ०४:२० PM · 1 मिनेट पढाइ

बालेन नेतृत्वको सरकारद्वारा कार्यसूची सार्वजनिक, शासकीय सुधारमा जोड

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह को नेतृत्वमा गठन भएको सरकारले शासकीय सुधार, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन एक सय बुँदे कार्यसूची सार्वजनिक गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित १०० कार्यसूची पारित गरेको थियो।