SHARE
बुटवल टुडे · शनिबार १४ चैत २०८२ ०५:१० PM · 1 मिनेट पढाइ

महिलाका लागि ब्लु बस सेवा सञ्चालनमा ल्याइने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले महिलाको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न ब्लु बस सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले पारित गरेको १०० बुँदे कार्यसूचीमा यो योजना समावेश गरिएको हो।