SHARE
बुटवल टुडे · शनिबार १४ चैत २०८२ ०६:०४ PM · 1 मिनेट पढाइ

विश्व शान्तिको कामन गर्दै धम्मयात्रा

भैरहवा । विश्व शान्तिको सन्देश दिने उद्देश्यसहित भैरहवामा तेस्रो धम्म यात्रा भएको छ । भैरहवाको सिद्धार्थ रंगशाला रोडदेखि बुद्धचोकस्थित लुम्बिनी रोडसम्म धम्म यात्रा भएको हो “५०० कुलपुत्र प्रव्रज्या” कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रममा करिब ५०० नव–प्रव्रजित सामणेर तथा भिक्षुहरूको सहभागिता थियो । उक्त यात्राले शान्ति, करुणा र सह–अस्तित्वको सन्देश प्रवाह गरेकोे छ।