SHARE
बुटवल टुडे · बिहीबार १२ चैत २०८२ ०५:०२ PM · 1 मिनेट पढाइ

रेमिट्यान्समा निर्भर नेपालको अर्थतन्त्र संकटमा पर्ने जोखिम

काठमाडौं । एसियाली विकास बैंक एडीबीले मध्यपूर्वमा जारी द्वन्द्वका कारण नेपालजस्ता रेमिट्यान्समा निर्भर देशको अर्थतन्त्रमा गम्भीर संकट आउने जोखिम रहेको जनाएको छ। एडीबीले सार्वजनिक गरेको ‘एडीबी ब्रिफ्स ३८४ प्रतिवेदनले यस्तो चेतावनी दिएको हो। प्रतिवेदनअनुसार नेपालको कुल गार्हस्थ उत्पादन जीडीपीको ८.१ प्रतिशत हिस्सा पश्चिम एसियाबाट आउने रेमिट्यान्सले ओगटेको छ, जुन एसियाली देशहरूमध्ये सबैभन्दा उच्च हो।