कमजोर नतिजापछि नेकपामा कारबाहीभन्दा आत्मसमीक्षाको दबाब
काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन परिणामसम्बन्धी पछिल्लो अभिव्यक्तिले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा व्यापक चासो पैदा गरेको छ। गत शुक्रबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले ‘घण्टी’ चिन्हमा भोट हाल्ने केन्द्रीय सदस्यहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका थिए। “ठोस प्रमाण ल्याउनुस्, को–को घण्टीतिर लागेको देखियो, तिनलाई हामी आँखा चिम्लिएर कारबाही गर्छौं,” उनले भनेका थिए।
