SHARE
बुटवल टुडे · मङगलबार १० चैत २०८२ ०५:१८ PM · 1 मिनेट पढाइ

अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत २० देखि 

काठमाडौँ । नवौँ अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैत २० देखि २२ गतेसम्म आयोजना हुने भएको छ । महिला उद्यमशीलता प्रवर्द्धनका लागि महिला उद्यमी महासंघ नेपालद्वारा आयोजना हुने तीनदिने मेला ललितपुरको हेरिटेज गार्डेनमा सञ्चालन हुनेछ । महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठका अनुसार मेलामा सातै प्रदेशका महिला उद्यमीहरूले आफ्ना मौलिक उत्पादनहरू प्रदर्शन गर्नेछन् ।