नेपालमा ४२ प्रतिशत क्षयरोगका बिरामी उपचार बाहिर
काठमाडौँ । नेपालमा ४२ प्रतिशत क्षयरोगका बिरामी उपचार बाहिर रहेको पाइएको छ । आज विश्व क्षयरोग दिवस मनाइरहँदा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. भुवन पौडेलले नेपालमा बर्सेनि ६७ हजार क्षयरोगका नयाँ बिरामी भेटिने गरेकामा ४२ प्रतिशत उपचार बाहिर रहेको बताए । उनले उपचारको दायराभन्दा बाहिर रहेका बिरामीलाई उपचारमा ल्याउन चुनौती रहेको बताए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
