SHARE
बुटवल टुडे · मङगलबार ३ चैत २०८२ ०५:३९ PM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेशले आठ महिनामा विनियोजित बजेटको २७ प्रतिशत मात्र खर्च

लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को आठ महिनामा कुल विनियोजित बजेटको २७.६३ प्रतिशत मात्र खर्च गरेको छ । यस अवधिमा पुँजीगत खर्च २५.४० प्रतिशत र चालु खर्च ३१.०१ प्रतिशत भएको छ । सबैभन्दा बढि बजेट खर्च गर्ने मन्त्रालय स्वास्थ्य मन्त्रालयले छ भने सबैभन्दा कम खर्च आन्तरिक मामिला तथा कानुन मन्त्रालयको देखिन्छ ।