SHARE
बुटवल टुडे · मङगलबार ३ चैत २०८२ ०६:१९ PM · 1 मिनेट पढाइ

प्रभु बैंकका कर्पोरेट विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित कानुनविपरीत कर्जा दुरुपयोग गरेको अभियोगमा डङ्गोललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।