SHARE
बुटवल टुडे · मङगलबार ३ चैत २०८२ ०६:४९ PM · 1 मिनेट पढाइ

रास्वपाको अभिमुखीकरण : पहिलो दिननै आएनन रवि र बालेन

ललितपुर । नवनिर्वाचित सांसदहरूका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबारदेखि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। ललितपुरस्थित एक होटलमा आवासीय रूपमा सञ्चालन भइरहेको उक्त कार्यक्रममा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह भने उद्घाटन सत्रमा सहभागी हुन सकेनन्। उनीहरूबाहेक अन्य १८० जना सांसद कार्यक्रममा उपस्थित भएका छन्।