SHARE
बुटवल टुडे · बुधबार ४ चैत २०८२ ०२:४७ PM · 1 मिनेट पढाइ

आवका लागी स्थानीय र प्रदेश सरकारलाई डेढ खर्ब वित्तीय समानीकरण अनुदान

काठमाडौं । आगामी आर्थिक वर्ष २०८/र८४ मा स्थानीय र प्रदेश सरकारलाई कुल १ खर्ब ५१ अर्ब ७० करोड ७८ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने सिफारिस गरिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अनुदान न्यूनतम सीमा ७ करोड राखेर ७ प्रदेश र ७ सय ५३ स्थानीय तहलाई अनुदान वितरण गर्ने व्यवस्था गरेको छ।