SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ ०५:२७ PM · 1 मिनेट पढाइ

रेसुंगामा लालीगुराँस ढकमक,  बोटविरुवाको संरक्षण गर्न नगरपालिकाकोआग्रह

गुल्मी । गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रेसुंगा क्षेत्रमा लालीगुराँस फुलेर ढकमक भएका छन्। विगत वर्षको जस्तै यस वर्ष पनि लालीगुराँसको रौनक छाएपछि रेसुंगा घुम्न आउने पर्यटकहरू बढिरहेका छन्। तर, पछिल्लो समय लालीगुराँसको जंगलमा रमाउँदै फूल टिप्ने र विरुवामा क्षति पुर्‍याउने घटनाहरू बढेपछि रेसुंगा नगरपालिकाले लालीगुराँससहित सबै बोटविरुवाको सुरक्षा गर्न आग्रह गरेको छ।