SHARE
बुटवल टुडे · बिहीबार ५ चैत २०८२ ०५:५४ PM · 1 मिनेट पढाइ

समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र, ८२ महिला निर्वाचित

 काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित उम्मेदवारहरुलाई प्रमा णपत्र वितरण गरेको छ। बिहीबार आयोग परिसरमा आयोजित समारोहमा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचित उम्मेदवारहरुलाई माला लगाइदिए भने आयोगका सचिव कृष्णबहादुर राउतले प्रमाणपत्र प्रदान गरेका थिए।