SHARE
बुटवल टुडे · शनिबार ३० फागुन २०८२ ०६:३८ AM · 1 मिनेट पढाइ

झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ

झापा । पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पाठकले रातोपाटी डटकम कोशीका प्रमुख अर्जुन आचार्यमाथि गत फागुन १४ गते अभद्र व्यवहार गरेका थिए ।