SHARE
बुटवल टुडे · शनिबार ३० फागुन २०८२ ०१:३६ PM · 1 मिनेट पढाइ

सुर्खेतमा उपचारका क्रममा सुत्केरीको मृत्यु

कर्णाली । तिला गाउँपालिका ३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ । यही फागुन २५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक शिशुलाई जन्म दिएकी नेपालीको स्वास्थ्य अवस्था जटिल बनेपछि बिहीबार थप उपचारका लागि हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको थियो ।