SHARE
बुटवल टुडे · शनिबार ३० फागुन २०८२ ०२:४४ PM · 1 मिनेट पढाइ

साइ ग्लोबल एकेडेमीले पायो आइएसओ चिन्ह

भैरहवा । गुणस्तरीय शिक्षामा निरन्तर अग्रसर रहँदै आएको सिद्धार्थनगर–८ स्थित साइ ग्लोबल सेकण्डरी स्कुल एण्ड कलेजले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डसँग सम्बन्धित आइएसओ चिन्ह प्राप्त गरेको छ। विद्यालयको व्यवस्थापन, शिक्षण प्रणाली र अनुशासनलाई अन्तर्राष्ट्रिय स्तरसँग जोड्ने दिशामा यो उपलब्धि महत्वपूर्ण मानिन्छ। कार्यक्रममा ग्लोबल क्वालिटी काउन्सिल नेपालका व्यवस्थापक सुदिप शर्माले विद्यालयलाई आइएसओ चिन्ह हस्तान्तरण गरेका थिए।