SHARE
बुटवल टुडे · बुधबार २७ फागुन २०८२ ११:३८ AM · 1 मिनेट पढाइ

ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँ त्रासमा

बागलुङ । बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँमा त्रास फैलिएको छ । ढोरपाटन नगरपालिका-७, ८ र ९ मा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ भने ७४ जनामा शङ्कास्पद लक्षण देखिएको छ ।