SHARE
बुटवल टुडे · बिहीबार २८ फागुन २०८२ ०१:४२ AM · 1 मिनेट पढाइ

महिला प्रतिनिधित्व अझै कमजोर

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपालको सङ्घीय संसद्मा महिलाको उपस्थितिमा केही वृद्धि गराएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीबाट यस पटक १४ जना महिला प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु सकारात्मक सङ्केत अवश्य हो । तर समग्र प्रतिनिधित्वको दृष्टिले हेर्दा यो उपलब्धि अझै पनि पर्याप्त मान्न सकिँदैन ।