SHARE
बुटवल टुडे · बिहीबार २८ फागुन २०८२ ०८:५३ AM · 1 मिनेट पढाइ

१७ औँ लियो कर्पोरेट सुपर सिक्स क्रिकेट ३० गते देखि

भैरहवा । लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा आगामी फागुन ३० गते शनिवार मेगा केमिकल्स इन्ड्रष्ट्रिज १७ औँ लियो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । सिद्धार्थ रङ्गशाला, भैरहवामा आयोजना हुने एक दिने प्रतियोगितामा यस  ८ वटा प्रतिष्ठित बैङ्क तथा वित्तीय संस्थाहरूको सहभागिता रहने आयोजकले बिहीबार भैरहवामा  पत्रकार सम्मेलनको आयोजना गरि जनाएका छन् ।