SHARE
बुटवल टुडे · बिहीबार २८ फागुन २०८२ ०९:५५ AM · 1 मिनेट पढाइ

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ ।  देशका विभिन्न सहरमा  यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई हेर्दा स्थानमा सामान्य उतारचढाव मात्रै देखिएको छ । विभागले सार्वजनिक गरेको विवरणअनुसार तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम क्रमशः बढ्दै गएको छ ।