SHARE
बुटवल टुडे · बिहीबार २८ फागुन २०८२ १०:२९ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचक २३ अङ्कले वृद्धि

काठमाडौँ । यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८७ अङ्कले वृद्धि भई दुई हजार ८२० दशमलव ४४ को बिन्दुमा कायम भएको हो ।