SHARE
बुटवल टुडे · बिहीबार २८ फागुन २०८२ १२:०४ PM · 1 मिनेट पढाइ

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ ।  मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा बढी उदयपुरमा ८२.२ मिलिमिटर वर्षा भएको छ । यस्तै गोरखामा ८० मिलिमिटर वर्षा भएको छ । विभागका अनुसार चितवनमा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।