SHARE
बुटवल टुडे · बिहीबार २८ फागुन २०८२ ०४:५१ PM · 1 मिनेट पढाइ

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण रहेको बताईन । मोतीदेवी स्मृति केन्द्र ११६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसर पारेर आयोजना गरिएको ‘प्रेरणादायी महिला सम्मान तथा वृत्तचित्र सार्वजनिक’ कार्यक्रममा उनले इतिहासको कठिन कालखण्डमा महिलाले पु¥याएको योगदानलाई राज्य र समाजले सधैँ स्मरण गर्नुपर्ने बताईन ।