SHARE
बुटवल टुडे · शुक्रबार​ २९ फागुन २०८२ ०१:१९ AM · 1 मिनेट पढाइ

बाँच्दैन भनेको शिशु सांसद बन्यो

अर्घाखाँची  । गाउँलेहरूका यी शब्द आज पनि सम्झँदा आमा निमकला भुसालका आँखा भिज्छन् । त्यो दिनको पीडा, डर र आशङ्काले भरिएको क्षण अहिले पनि उनको मनमा ताजै छ । तर समयले यस्तो मोड लियो, जसलाई धेरैले बाँच्दैन भनेका थिए, त्यही छोरा आज देशको सर्वोच्च विधायिकी थलो संसद्सम्म पुगेका छन् ।