SHARE
बुटवल टुडे · शुक्रबार​ २९ फागुन २०८२ ०६:०७ AM · 1 मिनेट पढाइ

निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मत सुरु गरेको छ । हरेक वर्ष गर्मी याममा वन्यजन्तुका लागि पोखरी निर्माण र मर्मत गरिन्छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार जनावरलाई खान, जलमा बस्ने जनावरका लागि वसस्थान र घाँसेमैदान सिँचाइका लागि पोखरी निर्माण गर्ने गरिन्छ ।