SHARE
बुटवल टुडे · शुक्रबार​ २९ फागुन २०८२ ०७:१३ AM · 1 मिनेट पढाइ

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौँ । केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क १७८ हाराहारीमा रहेकामा आज मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क १४९ कायम भएको एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को तथ्याङ्कले देखाएको छ ।