SHARE
बुटवल टुडे · शुक्रबार​ २९ फागुन २०८२ ०७:२२ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनका क्रममा फरार भएका दुई जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले जेनजी आन्दोलनका क्रममा जबर्जस्ती करणी मुद्दा र सरकारी कागजछाप दस्तखत कीर्ते गरेर फरार रहेका दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।