SHARE
बुटवल टुडे · शुक्रबार​ २९ फागुन २०८२ ०८:०९ AM · 1 मिनेट पढाइ

पूर्व प्रधानमन्त्री ओलीलाई परेको पितृ शोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ  । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृ शोकप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सभापति थापाले आज सामाजिक सञ्जालमार्फत पूर्व प्रधानमन्त्री ओलीका पूजनीय पिता मोहनप्रसाद ओलीको आज भएको निधनको दुःखद खबरले आफूलाई मर्माहत बनाएको बताए ।