SHARE
बुटवल टुडे · शुक्रबार​ २९ फागुन २०८२ ०९:३७ AM · 1 मिनेट पढाइ

छल्दी खोलामा झोलुङ्गे पुल

गुल्मी ।  जिल्लाको धुर्कोट गाउँपालिका र इस्मा गाउँपालिकामा पर्ने छल्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । यहाँ धुर्कोटको गाउँपालिकाको वस्तु र इस्मा गाउँपालिकाको राङ्दलचौर जोड्नका लागि छल्दी खोलमा ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । सस्पेन्सन ब्रिज डिभिजन ललितपुरमार्फत रु एक करोड ८४ लाखको लागतमा यहाँ झोलुङ्गे पुल निर्माण गरिएको हो ।