SHARE
बुटवल टुडे · शुक्रबार​ २९ फागुन २०८२ १०:२३ AM · 1 मिनेट पढाइ

उम्मेदवारको खर्चमा पारदर्शिता देखिएन: संयुक्त पर्यवेक्षण प्रतिवेदन

काठमाडौँ ।   प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको खर्चमा पारदर्शिता नदेखिएको संयुक्त प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनले जनाएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) र निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) को संयुक्त प्रारम्भिक निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा निर्वाचनको अभियान खर्चमा कानुनी सीमा र वास्तविक खर्चबिच ठुलो अन्तर देखिएको उल्लेख छ ।