SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०५:२९ AM · 1 मिनेट पढाइ

रास्वपाको खाता खुल्यो : काठमाडौँ–१ मा रञ्जु दर्शना विजयी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनमा जितको खाता खोलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार काठमाडौँ क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरेका छन् ।