SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०५:३७ AM · 1 मिनेट पढाइ

रुपन्देही -२ मा रास्वपाका खरेल भारी मतले अगाडि

लुम्बिनी । रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ । निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको १०:३० बजेसम्म मत परिणामअनुसार यहाँ १५ हजार ४१३ मतगणना हुँदा सदर भएको १४ हजार ९८६ मतमध्ये रास्वपाका सुलभ खरेलले १० हजार ५१९ मत प्राप्त गरी अग्रता लिएका छन् ।