SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०६:४१ AM · 1 मिनेट पढाइ

सल्यानमा मतगणना सुरु

सल्यान । सल्यानमा मतगणना कार्य सुरु भएको छ । केहि बेर अघि मात्रै जिल्ला समन्वय समितिको हलमा मतगणना कार्य सुरु भएको हो । कुमाख गाउँपालिका, ३ का दुई मतपेटिकाका मतपत्र खन्याएर गणना सुरु भएको हो । सुरुमा एक स्थानमा मतपत्र खन्याएर गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत प्रह्लाद कुमार योगीले जानकारी दिए ।