SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०७:११ AM · 1 मिनेट पढाइ

कैलाली–४ मा मतगणना सुरु

कैलाली । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नं–४ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत हरिप्रसाद आचार्यका अनुसार सर्वदलीय बैठक बसेपछि कैलालीको गेटास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको हो । मतगणना गोदावरी नगरपालिका–१ बाट थालिएको उनले जानकारी दिए ।