SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०८:२७ AM · 1 मिनेट पढाइ

काठमाडौँ–४ मा रास्वपाका बम अगाडि

काठमाडौँ ।  काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम नौ हजार ८२१ मतसहित अग्रस्थानमा छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ः३० बजेसम्मको गणनामा नेपाली काँग्रेसका सचिन तिमल्सिनाले दुई हजार ७४४ र नेकपा (एमाले) का डा राजन भट्टराईले दुई हजार ३२७  मत प्राप्त गरेका छन् ।