SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०८:५१ AM · 1 मिनेट पढाइ

मोरङ-६ मा रास्वपाकी आचार्यको अग्रता

मोरङ ।  मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुबिना आचार्यले छ हजार १३६ मतसहित अग्रस्थानमा रहेकी छिन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार नेपाली काँग्रेसका उम्मेदवार डा शेखर कोइरालाले एक हजार ३१२ र नेकपा (एमाले) का विनोदप्रसाद ढकालले एक हजार २२३ मत प्राप्त गरेका छन् ।