SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा सदस्य निर्वाचनः हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी

काठमाडौँ । बिहीबार मतदान भई हेलिकप्टरबाट मतपत्र ढुवानी गर्नुपर्ने हिमाली क्षेत्रका १५ जिल्लामध्ये तीन जिल्लाको ढुवानी हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । खराब मौसमका कारण अहिलेसम्म सङ्खुवासभा, डोल्पा र गोरखा गरी तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी रहेको हो ।