SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ १०:२१ AM · 1 मिनेट पढाइ

ललितपुर–१ मा कांग्रेसको अग्रता कायमै

ललितपुर । ललितपुर क्षेत्र नं १ को बागमती र महाँकाल गाउँपालिकाको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणाको अग्रता कायमै रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा ललितपुर जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रमा २ः३० बजेसम्मको प्राप्त परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार राणाले पाँच हजार चार मत प्राप्त गरी अग्रता लिएका छन् ।