SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ११:१७ AM · 1 मिनेट पढाइ

पछिल्लो मतगणनाः ९४ स्थानमा रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ९४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३० निर्वाचन क्षेत्रमा हालसम्म रास्वपाका उम्मेदवार ९४ स्थानमा, नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार १०/१० स्थानमा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार आठ स्थानमा अगाडि छन् ।