SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ११:१८ AM · 1 मिनेट पढाइ

नाबालिगका लागि पोर्न साइट बन्द

अस्ट्रेलिया । अस्ट्रेलियाले बालबालिकालाई अनलाइन अश्लील सामग्रीबाट जोगाउन कडा कदम चाल्दै १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई पोर्न वेबसाइट पहुँच बन्द गर्न बाध्य पार्ने नयाँ नियम सोमबारदेखि लागू गर्ने जनाएको छ । अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामकका अनुसार नयाँ व्यवस्था अन्तर्गत पोर्न वेबसाइटहरूमा पहुँच गर्नुअघि प्रयोगकर्ताले आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ ।