गोरखा–१ को मतपेटिका बोकेको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण
गोरखा । गोरखाको हिमाली भेगको मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण गरेको छ । खराब मौसमका कारण गोरखा सदरमुकाममा हेलिकप्टर अवतरण गर्न नसकेपछि पोखरा लगेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । आज दिउँसोदेखि हिमाली भेगका २३ मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्न सुरु गरिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
