SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ १२:५२ PM · 1 मिनेट पढाइ

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही दोब्बर मतले अग्रता

जुम्ला । एक मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला जुम्लामा जारी मत गणनाअनुसार राप्रपाका ज्ञानेन्द्र शाही दोब्बर मतले अग्रस्थानमा रहेका छन् । जिल्लाको कनकासुन्दरी गाउँपालिकाको पाँच हजार ६२  मत गणना हुँदा राप्रपाका शाहीले दुई हजार ६९१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिए ।