SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०१:०१ PM · 1 मिनेट पढाइ

रुकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड विजयी

रुकुम पूर्व । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतगणनामा उनले १० हजार २४० मत प्राप्त गरी विजयी  भएका हुन ।