SHARE
बुटवल टुडे · शुक्रबार​ २२ फागुन २०८२ ०१:२० PM · 1 मिनेट पढाइ

रुपन्देही- ४ मा यादवको अग्रता कायमै

भैरहवा (रुपन्देही) ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा हालसम्म नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार प्रमोदकुमार यादव नौ हजार २०६ मत प्राप्त गरी अग्रता लिएका छन् । निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार नेपाली काँग्रेसका उम्मेदवार आशुतोष मिश्रा आठ हजार ७७० मत प्राप्त गरी यादवलाई पछ्याउँदै छन् ।