SHARE
बुटवल टुडे · शनिबार २३ फागुन २०८२ ०१:४४ AM · 1 मिनेट पढाइ

रास्वपाको परीक्षा, अरूको आत्म समीक्षा

बुटवल  । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना क्रमशः अन्तिमतिर जाँदै गर्दा प्रारम्भिक परिणाम र अवस्थाले एउटा महत्त्वपूर्ण राजनीतिक सन्देश दिएको छ । हालसम्म सार्वजनिक परिणाम तथा अग्रता हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट रूपमा बहुमततर्फ देखिएको छ ।