SHARE
बुटवल टुडे · शनिबार २३ फागुन २०८२ ०५:३१ AM · 1 मिनेट पढाइ

४ निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?

काठमाडौँ ।   प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ १६१ स्थानमा मतगणना भइरहँदा चार निर्वाचन क्षेत्रमा भने अझै मतगणना सुरु हुन सकेको छैन । भौगोलिक कठिनता र मौसमी खराबीका कारण दुर्गम क्षेत्रको मतपेटिका सङ्कलनमा ढिलाइ हुँदा ती निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन नसकेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।