SHARE
बुटवल टुडे · शनिबार २३ फागुन २०८२ ०२:२७ PM · 1 मिनेट पढाइ

दाङ-३ मा रास्वपाका सुवेदी विजयी

दाङ  । दाङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी ४४हजार २४८ मतसहित विजयी भएका छन् । निर्वाचन अधिकृत चन्द्रबहादुर सिञ्जालीका अनुसार उनी  नेपाली काँग्रेसका दीपक गिरीलाई  २७ हजार ७९५ मतान्तरले पछि पार्दै विजयी भएका छन् । यहाँ काँग्रेस उम्मेदवार गिरीले १६ हजार ४५३ मत प्राप्त गरेका छन् ।