SHARE
बुटवल टुडे · बुधबार ७ साउन २०८२ ०८:२८ AM · 1 मिनेट पढाइ

बिमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलको राजीनामा

काठमाडौं । बिमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले पदबाट राजीनामा दिएकी छन्। उनले सोमबार अर्थमन्त्री विष्णु पौडेलसमक्ष राजीनामा बुझाएकी हुन्, जुन अर्थ मन्त्रालयले स्वीकृत गरिसकेको छ। पोखरेलले स्वास्थ्य समस्याका कारण पदमा बसेर जिम्मेवारी पूरा गर्न नसक्ने भएपछि राजीनामा दिएको बताएकी छन्।