SHARE
बुटवल टुडे · बुधबार २० फागुन २०८२ ०१:३१ AM · 1 मिनेट पढाइ

आजको मौसम: तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ ।   हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको र ती भूभागलगायत बाँकी भूभागहरूमा तुवाँलो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही स्थानमा आज दिउँसो हुस्सु रहनेछ ।