SHARE
बुटवल टुडे · बुधबार २० फागुन २०८२ ०४:२१ AM · 1 मिनेट पढाइ

रुपन्देहीमा खटिएका कर्मचारीले थाले काम, मतदानको तयारी अन्तिम चरणमा

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रूपन्देहीमा ४ हजार ४ सय ४ जना कर्मचारी खटिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर ७ सय ३६ जना मतदान अधिकृत र त्यति नै सङ्ख्यामा सहायक मतदान अधिकृत खटिएका छन्।